top of page

आँखा सुरक्षित राख्ने यी ७ तरिका

  • सेती आँखा उपचार केन्द्र
  • Apr 5, 2018
  • 2 min read

आँखा संवेदनशील र सजिलै संक्रमण फैलिन सक्ने अंग हो। आँखाको सुरक्षा र यसको बचाउका लागि धेरै होसियारी अपनाउनुपर्छ। धुवाँ, धुलो, ब्याक्टेरिया, चोटपटक र विभिन्न रोगका कारण आँखामा समस्या आउन सक्छ। आँखाको समस्या जुनसुकै उमेर समूहका मानिसलाई हुने गर्छ।

विशेषगरी बालबालिकालाई जन्मजात दृष्टि कमजोर हुने समस्या बढी हुन्छ। त्यसैगरी, बालबालिकामा एलर्जीका कारण पनि आँखामा समस्या आउँछ। वयस्कहरुलाई पनि दृष्टिदोष, एलर्जीसँगै आँखा सुक्खा हुने समस्याले सताइरहेको हुन्छ।


धेरैबेर कम्प्युटर चलाउने, मोबाइल चलाउने गर्नाले आँखा सुक्खा हुने समस्या आउँछ। त्यस्तै, यो मौसममा धुलोधुवाँका कारण पनि आँखा जोगाउन मुस्किल पर्छ। आँखामा सुक्खापन भएकाहरुलाई धुवाँधुलोबाट छिटो संक्रमण फैलिने डर हुन्छ। फोटो : नेत्ररोग तथा अकुलो प्लास्टिक सर्जन डा. लिम्बू तिलगंगा आँखा अस्पताल


बृद्धावस्थाका मानिसलाई भने धेरैजसो मोतीविन्दुले सताउँछ। मोतीविन्दु बालबालिकामा पनि हुन सक्छ तर बृद्धा अवस्थाकालाई बढी हुन्छ। बृद्धावस्थामा आँखाको रेटिना बिग्रिएर अन्धोपनको समस्या हुन सक्छ। यो समस्याले ६० वर्षभन्दा माथिका मानिसलाई बढी सताउँछ। त्यसैगरी आँखामा क्यान्सर हुने समस्या पनि अहिले बढ्दो रुपमा छ।


आँखामा आँसु आइरहने समस्याले पनि धेरैलाई हैरान बनाएको हुन सक्छ। आँखामा आँसुको एउटा नली नाकमा जान्छ, त्यो नली बन्द भएमा आँसु बगिरहन्छ।


शरीरमा लागेका विविध रोगका कारण पनि आँखामा असर पुग्छ। सुगर, थाइराइड, प्रेसर, मुटुरोग, क्यान्सर, क्षयरोग आदिले आँखामा हानी पुर्याउन सक्छ। त्यस्तै जलविन्दुले पनि आँखाको नसा बिगार्न सक्छ।


यी त भए आँखामा आउन सक्ने समस्याहरुको बेलिविस्तार। अब आँखा कसरी जोगाउने भन्नेबारे यी ७ कुरामा ध्यान दिऊँः


१) बाहिरबाट घर आएपछि विस्तारै पानी छ्यापेर आँखा सफा गर्ने।

२) बाहिर निस्किँदा घामको किरणबाट आँखालाई सुरक्षा गर्ने र धुलोबाट जोगिन चस्मा लगाएर हिँड्ने।

३) धुलोधुवाँमा कन्ट्याक्ट लेन्सको प्रयोग सकेसम्म नगर्ने।

४) सफा र हरियो सागसब्जी नियमित खाने।

५) कम्प्युटर धेरै चलाउनेले सधैँ कृतिम आँसुको प्रयोग गर्ने।

६) कम्प्युटर बढी चलाउनेहरुले एन्टी रिफ्लेक्टिभ कोटिङयुक्त ग्लासको प्रयोग गर्ने।

७) समय–समयमा आँखाको जाच गराउने र चिकित्सकको परामर्श लिने।

(नेत्ररोग तथा अकुलो प्लास्टिक सर्जन डा. लिम्बू तिलगंगा आँखा अस्पतालमा कार्यरत छन्)



 
 
 

Comments


9858423198

©2018 by Seti Eye Clinic -"SunGlass House". Proudly created with Wix.com

bottom of page