गेटा आँखा अस्पताल
- Apr 4, 2018
- 1 min read

गेटा आँखा अस्पताल कैलालीको धनगढीमा सन् १९८१ मा स्थापित भएको हो। कम खर्चमा उत्कृट सेवा पाउने यो अस्पतालमा यस भेगका बासिन्दा मात्रै नभई भारतीयहरू समेत आउने गरेका छन्।
तीस वर्षअघि स्थापना भएको गेटा आँखा अस्पतालले यो अवधिमा आठ लाख ८३ हजार आँखाका रोगीको जाँच र उपचार गरिसकेको बताइएको छ
सेवाहरू
- कैलालीको गेटा आंखा अस्पतालले आंखाको नानी प्रत्यारोपण सेवा शुरु गरेको छ।
- नानी प्रत्यारोपण शुरु गर्ने गेटा आंखा अस्पताल काठमाडौको तिलगंगापछिको दोस्रो अस्पताल हो।
- सेवा शुरु भएयता हालसम्म ७ जनाको सफलतापूर्वक नानी प्रत्यारोपण भईसकेको छ। गेटा आंखा अस्पतालका निर्देशक
- डा. बिद्या प्रसाद पन्तले तिलगंगा अस्पताल र अमेरिकाको मोरन आंखा अस्पतालमा तीन महिना नानी प्रत्यारोपण
- सम्बन्धि तालीम लिएर फर्केपछि नानी प्रत्यारोपण सेवा शुरु गर्नुभएको हो।
- स्थापनाको २९ बर्षमा गेटा आँखा अस्पतालले करीव २१ लाख आंखाका रोगीलार्ई सेवा दिईसकेको छ।
- यो अवधिमा मोती बिन्दु र अन्य आंखाको समस्याको शल्यक्रिया हुनेको संख्या दुई लाख ४५ हजार नाघेको छ।






Comments